अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक बस्दै, रामचन्द्र पौडल नजाने

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक बस्दै, रामचन्द्र पौडल नजाने


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठकमा उपस्थित नहुने बताउनुभएको छ ।

शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । तर, बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक डाकिएको हो ।

बिहान साढे ११ बजे बोलाइएको बैठक अझै सुरु भइसकेको छैन । तर, नेताहरु बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ।

सो बैठकमा आफू सहभागी नहुने पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराउनुभएको छ । पार्टी कार्यालय पुगेका नेता गगन थापाकाअनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराउनुभएको जानकारी दिनुभयो ।

सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् ।

उहाँले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराउनुभएको छ ।