अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको आन्दोलन न्यायाधीशभित्रको गुटको झगडा हो : उपमहासचिव ज्ञवाली

सर्वोच्चको आन्दोलन न्यायाधीशभित्रको गुटको झगडा हो : उपमहासचिव ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायाधीशहरुको दुई गुटबीचको झगडा भएको टिप्पणी गर्नुभएको छ ।

नेकपा एमालेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव ज्ञवालीले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा भएको आन्दोलनलाई न्यायाधीशको दुई गुटबीचको झगडाको संज्ञा दिनुभएको हो ।

हिजोआज भइरहेको आन्दोलन न्यायाधीशभित्रको गुटको झगडा भएको बताउनुभयो । अदालतको आन्दोलनमा कतिपय राजनीतिक दलहरुले छद्मयुद्ध लडेको पनि ज्ञवालीले बताउनुभयो । अहिलेको आन्दोलनबाट न्यायालय सुधार नहुने पनि उहाँले बताउनुभयो ।