अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस बैठक सम्पन्न : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

कांग्रेस बैठक सम्पन्न : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए ।

काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदैछ ।