अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिवि सेवाको रोकिएका परीक्षा ७ दिनभित्र सञ्चालन गर्न अनेरास्ववियुको माग

त्रिवि सेवाको रोकिएका परीक्षा ७ दिनभित्र सञ्चालन गर्न अनेरास्ववियुको माग


काठमाडौं – नेकपा एमालेको विद्यर्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको यसअघि रोकिएका परीक्षा सात दिनभित्र सञ्चालनको व्यवस्था गर्न माग गरेको छ .

अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय कमिटीका इन्चार्ज मदन विष्ट र कार्यवाहक संयोजक अम्मरराज जोशीले त्रिवि सेवा आयोगका अध्यक्ष प्राडा लालु पौडेललाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र सूचना प्रकाशित गरी नियमित रुपमा सेवा आयोगको परीक्षा सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

त्रिभुवन विश्वविद्यालयको मंसिर १४ गते बसेको सभाले अस्थायी वा करार सेवामा रहेका शिक्षकले मात्र उपप्राध्यापकमा प्रतिस्पर्धा गर्न पाउने गरी त्रिवि शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० मा संशोधन गरेको साथै सो व्यवस्थाले खुला प्रतिस्पर्धा निषेध गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ ।

प्रतिस्पर्धाको दुनियाँमा लुटतन्त्र मच्चाउन खोज्नेहरुको दबाबमा नपर्न त्रिवि सेवा आयोगलाई अनेरास्ववियुले आग्रह गरेको छ । खुला प्रतिस्पर्धाबाट सक्षम, मेधावी र उत्प्रेरित शिक्षक प्राध्यापन पेशामा आउने बाटो खुल्ने र यसरी आएका शिक्षकले मात्र प्राज्ञिक उन्नयनका लागि योगदान गर्न सक्ने अनेरास्ववियुले जनाएको छ । ‘योग्यता प्रणाली तबमात्रै लागू हुन्छ जब सेवा आयोगजस्ता संस्थाले स्वतन्त्र रुपमा काम गर्न पाउँछन्’ अनेरास्ववियूले त्रिवि सेवा आयोगका अध्यक्ष पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।