अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१३ बुद्धे इटहरी घोषणा गर्दै लैगिंक हिंसा विरुद्ध सम्मेलन सम्पन्न

१३ बुद्धे इटहरी घोषणा गर्दै लैगिंक हिंसा विरुद्ध सम्मेलन सम्पन्न


इटहरी – १३ बुद्धे इटहरी घोषणा पत्र जारी गर्दै लैगिंक हिंसा विरुद्ध तेस्रो इटहरी सम्मेलन सम्पन्न भएको छ ।

इटहरी उपमहानगरपालिकाले प्रत्येक वर्ष लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । सम्मेलनमा गत वर्ष भएका लैगिंक हिंसा विरुद्धका कार्यक्रमको समीक्षा गर्दै एक वर्षका लागि कार्ययोजना तय गरिएको छ ।

घोषणा पत्रमा इटहरीमा नागरिक लिनबाट वञ्चित महिला तथा उनीहरूका सन्तानको नागरिक प्राप्तिका लागि उपमहानगरले सहयोग गर्ने प्रतिवद्धता जनाइएको छ । प्रत्येक वडा कार्यलयमा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा लैगिंक सहायता कक्षको स्थापना गरी महिलामाथि हुने हिंसाका घटनाको सम्बोधनका लागि आवश्यक समन्वय तथा सहयोगको सुनिश्चित गर्र्ने कार्यको थालनी गरिने भएको छ ।

यसै आर्थिक वर्षभित्र इटहरी उपमहानगरपालिकामा सुरक्षित स्थनपान कक्ष निर्माण गर्ने र क्रमशः सबै वाडा कार्यालयमा यो सेवा विस्तार गर्दै लैजाने नीति अबलम्बन गरिने घोषणा गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री डा.शिवमाया तुम्वाहाम्फेले महिलाहिंसा न्यूनिकरणमा पुरुष सहभागितामा जोड दिनुभएको छ । उहाँले यस्ता अभियानहरू म्हिला लक्षित मात्र नभई पुरुष लक्षित समेत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा, संविधानसभा सदस्य रेवती भण्डारी र अनिता परियार तथा महिला सञ्जाल इटहरीकी अध्यक्ष कमला खडका, इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खडका, जसपा इटहरी सचिव योशा गुरागाईले सम्मेलन सफलताको कामना दिनुभयो ।

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत गर्दै इटहरीमा लैगिक हिंसा विरुद्ध १६ दिने विशेष अभियान र वर्षैभरि अभियान सञ्चालन गरिंदै आएको जानकारी दिनुभयो । इटहरीको वडा वडामा गठित प्रतिरक्षा समूह र किशोरी साथी समूहको क्षमता विकासका लागि यो वर्ष उल्लेख्य कार्य गरिएको बताउनुभयो । उहाँले हिंसा पीडित महिलाका लागि उपमहानगरद्वारा सञ्चालित सुरक्षित आवाज गृहमा १८६ जना हिंसा पीडित महिलाले सेवा लिएको सुनाउनुभयो ।

उहाँका अनुसार इटहरीका सवै सामुदायिक विद्यालयमा लैगिंक सम्पर्क व्यक्ति तोकेर छात्रामाथि हुने हिंसा न्यूनिकरणको पहल थालिएको छ । लैगिंक हिंसा न्यूनिकरणका लागि लैगिक हिंसा न्यूनिकरण कोषको ब्यवस्था गरिएको छ । एक बर्षमा इटहरीमा ७७३ वटा लैगिक हिंसाका घटना कानूनी दायरामा आएको विवरण बताउनुभयो । कार्यक्रममा इटहरी उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भोजकला दवाडीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।