अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगनलाई गोकुलको कटाक्ष : भृकुटी मण्डपमा पनि ओलीवेशन हुने भएछ नि !

गगनलाई गोकुलको कटाक्ष : भृकुटी मण्डपमा पनि ओलीवेशन हुने भएछ नि !


काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले कांग्रेस नेता गगन थापालाई कटाक्ष गर्दै कांग्रेस महाधिवेशन पनि ओलीमय हुने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले सौराहामा भएको एमाले महाधिवेशनलाई ओलीवेशन भन्ने गगन थापाको नाम नलिइ भृकुटीमण्डपमा पनि ओलीवेशन नै हुन लागेको उल्लेख गर्नुभएको हो ।

बास्कोटाले लेख्नु भएको छ ‘तीन दिन यता निरन्तर कांग्रेसका नेताहरुको अन्तर्वार्ता र भाषण सुन्दा देउवा र पौडेलको उम्मेद्वारी ओली पद चाप छेक्नका लागि रे’ बास्कोटाले लेख्नुभएको छ ‘एमालेको दशौं महाधिवेशन चल्दै गर्दा चितवनमा ओलीवेशन चल्दैछ भन्ने साथीलाई झल्झल्ती सम्झदै भन्न मन लाग्यो आखिर, भृकुटीमण्डप पनि ओलीवेशनमय त हुने भएछ नि !’