अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापतिबाट पछि हट्दिन, उम्मेदवारी दर्ता गर्छु : प्रकाशमान सिंह

सभापतिबाट पछि हट्दिन, उम्मेदवारी दर्ता गर्छु : प्रकाशमान सिंह


काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताउनुभएको छ ।

चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताउनुभयो ।

उहाँले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै महाधिवेशनका प्रतिनिधिले बाँकी कुरा तय गर्ने बताउनुभयो ।

नेताहरुले छलफल गरौं भन्नुभएको र आफूले न्याय पाउनुपर्छ भनेको उहाँले बताउनुभयो । उहाँले आफू ब्याक हुनुपर्ने कुनै कारण नभएको बताउनुभयो । यसअघिको महाधिवेशनमा आफू ब्याक भएको उहाँको भनाइ थियो।

‘१३ औं महाधिवेशनमा म ब्याक भएको हो नि सभापति र महामन्त्रीबाट’ उहाँले भन्नुभयो ।