अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सरकारको नारा चोर्ने गगन थापाबारे सूर्य थापाको टिप्पणी– ‘रित्तो भाँडाको आवाजै ठूलो’

एमाले सरकारको नारा चोर्ने गगन थापाबारे सूर्य थापाको टिप्पणी– ‘रित्तो भाँडाको आवाजै ठूलो’


काठमाडौं– कांग्रेस नेता गगन थापालाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले तय गरेको ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा चोरेको बात लागेको छ ।

थापाले आफ्नो महामन्त्री पदको उम्मेदवारी घोषणा गर्दै समुन्नत नेपाल, सम्मानित नेपाली नारा तय गर्नुभएको थियो ।

गगनले अध्यक्ष ओलीको नारा चोरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ । गगनको कार्यक्रममा पनि कतिपयले एमालेको नारा चोरेको भनिसकेका छन् ।

एमाले केन्द्रीय सदस्य तथा तत्कालिन प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नारा चोरेकोबारे टिप्पणी गर्नुभएको छ, ‘समृद्ध नेपाल,
सुखी नेपाली
कपिपेस्ट
समुन्नत नेपाल,
सम्मानित नेपाली
रित्तो भाँडाको आवाजै ठूलो !
Empty vessel sound much.