काठमाडौं – नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई बागमती प्रदेश कमिटीले आज बधाइ,सम्मान र शुभकामना दिने कार्यक्रम राखेको छ ।।
दिउसो ११ बजे प्रज्ञा भवन कमलादीमा हुने कार्यक्रममा सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई माला लगाएर सम्मान गरिने कार्यक्रम रहेको एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार कार्यक्रमलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।
भोली देखि हुने केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरु काठमाडौं आउने क्रम जारी छ ।







प्रतिक्रिया