अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हृदयेस त्रिपाठीले जनता प्रगतिशिल पार्टी खोल्ने

हृदयेस त्रिपाठीले जनता प्रगतिशिल पार्टी खोल्ने


काठमाडौं- विगतमा मधेसवादी नेता भनेर चिनिएका साँसद हृदयेस त्रिपाठीले नयाँ पार्टी खोल्ने हुनुभएको छ ।

मंसिर २८ गते एक कार्यक्रम गरेर नयाँ पार्टी घोषणा गरिने त्रिपाटीले नेपाली बहस डट कमलाई जानकारी दिनुभयो । त्रिपाठीको पार्टीको नाम जनता प्रगतिशिल पार्टी (जप्रपा) हुनेछ । ‘मंसिर २८ गते मेरो अध्यक्षतामा वान मेन आर्मीको रुपमा पार्टी घोषणा हुन्छ’ त्रिपाठीले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘निर्वाचन आयोगमा दर्ता हुने बेलामा अरु पदाधिकारी सावर्जनिक गर्दछु ।’

त्रिपाठीका अनुसार पार्टीमा केही मधेसवादी दलका नेताहरु,केही अन्य पार्टीको नेताहरु पनि प्रवेश गर्नेछन् । ‘धेरैजना साथीहरु सम्पर्कमा हुनुहुन्छ’ त्रिपाठीले भन्नुभयो ‘कतिले अहिले एक्स्पोज नहुने भन्नुभएको छ । को को हुनुहुन्छ बिस्तारै थाहा हुँदै जान्छ ।’

त्रिपाठीले गत संघीय संसदको निर्वाचनमा स्वतन्त्र समुह बनाएर सूर्य चिन्हबाट चुनाव जित्नु भएको थियो । उहाँको समुहबाट कपिलवश्तुका वृजेश गुप्ताले पनि सूर्य चिन्हबाट चुनाव जित्नु भएको थियो ।

त्रिपाठीले आफ्नो पार्टी वितगमा जस्तो मधेस केन्द्रीत क्षेत्रीय पार्टीको रुपमा सिमित नहुने बताउनुभएको छ । ‘जनता प्रगतिशिल पार्टीले देशका सबै जिल्लामा आफ्ना कमिटी बिस्तार गर्नेछ’ त्रिपाठीले नेपाली बहस डट कमसँग भन्नुभयो ।

त्रिपाठीले महिना दिन अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै दुई घण्टा छलफल गर्नुभएको थियो ।