ओखलढुंगा – ओखलढुंगामा कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियान तिव्र पारिएको छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खोप अभियानमा १९ हजारले खोप लगाइ सकेका छ।
जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएको खोप पहिलो चरण लगाएकालाई दोस्रो र पहिलो चरण छुटेकालाई पहिलो डोज खोप लगाइएको हो । १७५ वटा खोप केन्द्रमा सञ्चालित खोप अभियानबाट १९ हजार नागरिक लाभावन्वित भएको स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिनुभयो ।
खोप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खोप दिने व्यवस्था गरिने उहाँको भनाइ छ । जिल्लामा यसअघि पनि दुई चरणमा खोप अभियान सञ्चालन भइसकेको छ ।
प्रतिक्रिया