काठमाडौं -स्वास्थ्यमा सुधार भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रम स्थल प्रज्ञा भवन कमलादीमा पुग्नुभएको छ ।
आज एमालेका केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई बधाइ तथा शुभकामना दिने कार्यक्रम सुरु भएको छ । अध्यक्ष ओली कार्यक्रम स्थलमा पुगेपछि औपचारिक रुपमा कार्यक्रम सुरु भएको हो ।
पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा दशौं महाधिवेशनबाट निर्वाचित पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाइ तथा सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष आनन्द पोखरेलले जानकारी दिनुभयो ।
अस्ती देखि रुघा खोकीले साताएपछि अध्यक्ष ओलीका हिजोका सबै कार्यक्रम स्थगित गरिएका थिए ।







प्रतिक्रिया