अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परमादेश असंवैधानिक र राजनीतिक लेनदेनमा थियो भन्ने कुरा पुष्टि भइसक्यो : महासचिव पोखरेल

परमादेश असंवैधानिक र राजनीतिक लेनदेनमा थियो भन्ने कुरा पुष्टि भइसक्यो : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतभित्र देखिएको विवाद परमादेश राजनीतिक लेनदेनमा आधारित थियो भन्ने कुरा पुष्टि भएको दाबी गर्नुभयो । एमाले अध्यक्ष केपी ओलीलाई सत्ताच्युत गर्ने असार २८ को परमादेश असंवैधानिक र राजनीतिक लेनदेन थियो भन्ने पुष्टि भएको बताउनु भएको हो ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशबाट निर्वाचित केन्द्रीय कमिटी  र आयोगका पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिन वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले संसद विघटनमा प्रचण्ड-माधवको हात रहेको बताउनुभयो ।

महासचिव पोखरेल भन्नुहुन्छ, ‘हामीले कुनै दुविधामा पर्नु पर्दैन संसद विघटन सही थियो । त्यसको पुष्टि अहिले हुँदैछ । अदालतमा अहिले जे भइरहेको छ त्यो परमादेशको कारण हो । परमादेश राजनीतिक लेनदेनमा आधारित थियो भन्ने कुरा पुष्टि भएको छ ।’

महासचिव पोखरेलले एमाले पार्टी र नेतृत्वविरुद्धमा आक्रमण भइरहेको तर एमालेको पक्षमा जनमत बढेपछि सबै शक्ति एमालेलाई कमजोर पार्न लागिरहेको बताउनुभयो ।

एमालेको पक्षमा जनमत बढेपछि पार्टी र नेतृत्वविरुद्ध आक्रमण बढेको छ । आगामी केन्द्रीय कमिटी बैठकमा एमाले एकताबद्ध भएर अघि बढ्ने र तीनै तहका निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दाबीसमेत उहाँले गर्नुभयो ।