काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमिटीमा छानिएर मात्र नेता नहुने बताउनुभएको छ ।
बागमती प्रदेश कमिटीले आयोजना गरेको केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई बधाइ दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
‘समाज बदल्नेहरुले पहिला आफूलाई बदल्नु पर्दछ ’ अध्यक्ष ओलीले भन्नुभयो ‘एमालेका नेताहरु सबै पक्षमा अब्बल हुनुपर्दछ । तब मात्र नेता होइन्छ । कुनै कमिटीमा छानिएर नेता हुइदैन । ’
अध्यक्ष ओलीले पद पाउनु ठूलो कुरा नहुने तर त्यसको मर्यादा जोगाउनुु ठूलो कुरा भएको बताउनुभएको छ ।
’







प्रतिक्रिया