काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका लागि भारतका पूर्व राजदुत रञ्जित रे को पुस्तक एमाले विरुद्ध लेखिदएको बताउनुभएको छ ।
बागमती प्रदेश कमिटीले आयोजना गरेको पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाइ दिने क्रममा अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।‘एकजना कुटनीतिज्ञले एउटा किताब लेखेका छन् । एमालेका विरुद्ध त्यसमा पनि विशेष मेरा विरुद्ध’ रे को नाम नलिइ अध्यक्ष ओलीले भन्नुभयो ‘ती कुटनीतिज्ञको कामनेपालमा नियन्त्रित अराजकता फैलाउने हो ।’
अध्यक्ष ओलीले त्यो नियन्त्रित अराजकताको बाधक नेकपा एमाले भएको बताउनुभएको छ । ‘पुस्तक सुविचारित,पटक पटक सम्पादन भएर लेखिएको हो ’अध्यक्ष ओलीले भन्नुभयो ‘तर यस्तो कुरा एमालेले हुन दिदैन । एमाले नियन्त्रित अराजकताको विपक्षमा छ । शान्ती र स्थिरताको पक्षमा छ एमाले । ’
नेपालका लागि भारतीय राजदुत रञ्जित रे ले ‘काठमाडौं डिलेमा रेस्टिङ इण्डिया–नेपाल टाइज’नामको पुस्तक प्रकाशन गरेका थिए । उक्त पुस्तकमा एमाले र अध्यक्ष ओलीलाई तथ्यहिन लाञ्छनाहरु लगाइएको छ ।





प्रतिक्रिया