अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशनमा केपी ओलीको उपस्थितिमा सबैभन्दा बढी हुटिङ

कांग्रेस महाधिवेशनमा केपी ओलीको उपस्थितिमा सबैभन्दा बढी हुटिङ


काठमाडौं – काठमाडौंमा आजदेखि सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सबैभन्दा बढी हुटिङ एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखियो ।

अध्यक्ष ओली सबैभन्दा ढिला आइपुग्नुभयो । उहाँ आउँदा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले बोलिरहनुभएको थियो । ओली प्रवेश गर्नेवित्तिकै हुटिङ भएको थियो भने कार्यक्रम सञ्चालक विश्वप्रकाश शर्माले ‘कमरेड अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्दछु’ भन्दा ठूलो संख्याले तालीले स्वागत गरे ।

अध्यक्ष ओलीलाई जस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पक्षमा पनि हुटिङ भयो ।