अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरका माओवादी केन्द्रका जिल्ला सचिव एमालेमा प्रवेश

मकवानपुरका माओवादी केन्द्रका जिल्ला सचिव एमालेमा प्रवेश


काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन नेकपाका मकवानपुर जिल्ला सचिव बलराम बल एमालेमा प्रवेश गर्नुभएको छ ।

एमाले वागमती प्रदेश कमिटीले आज आयोजना गरेको कार्यक्रमकामा माओवादीका अन्य जिल्लास्तरीय नेता बलराम वल तथा कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको हो । वललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।

तत्कालीन जनमोर्चाको जिल्ला अध्यक्ष हुँदै माओवादीको जिल्ला नेतृत्वमा पुगेका थिए । उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट उपमेयरको उम्मेदवार बन्नुभएको थियो ।