अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दलमा स्थिरता छैन भने सरकार पनि स्थिर रहँदैन : महन्थ ठाकुर

दलमा स्थिरता छैन भने सरकार पनि स्थिर रहँदैन : महन्थ ठाकुर


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताउनुभयो ।

काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उहाँले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताउनुभएको हो ।

संविधान संशोधन गरेर मधेश र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उहाँले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताउनुभयो।

‘हामी हाम्रो समस्या सम्बोधन चाहन्छौँ’, उहाँले भन्नुभयो, ज्वालामुखीजस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रनुपर्ने हुन्छ । यस्तो अवस्था नआओस्,’ उहाँले भन्नुभयो ।