अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजाले पनि एउटा पार्टी खोले हुन्छ :  माधव नेपाल

राजाले पनि एउटा पार्टी खोले हुन्छ :  माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई एउटा पार्टी खोल्न चुनौती दिनुभएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा नेता नेपालले पूर्वाजा ज्ञानेन्द्र शाहलाई नयाँ पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिनुभएको हो ।

उहाँले एउटै परिवारको वंशवाद आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्रले टाउको उठाउन नखोज्न चेतावनी दिनुभयो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राजतन्त्र आवश्यक रहेको बताएपछि जवाफ दिँदै नेपालले यस्तो चेतावनी दिएका हुन् ।