काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल धेरै अघि बढेको बताउनुभएको छ ।
नेपाली काँग्रेसको चौधौं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष ओलीले राणा शासन देखि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाल धेरै अघि बढेको बताउनुभएको छ ।
‘नेपाल जहाँ छ त्यही छ अघि बढेन भन्ने कुरा सत्य होइन’ ओलीले भन्नुभयो ‘राणा शासन देखि हालसम्म धेरै परिवर्तन भएका छन् । नेपाल धेरै अघि बढेको छ । ’







प्रतिक्रिया