अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिंसाविरुद्ध अभियानको नेतृत्व अनेमसंघले लिन्छ : तुम्बाहाङ्फे

हिंसाविरुद्ध अभियानको नेतृत्व अनेमसंघले लिन्छ : तुम्बाहाङ्फे


विराटनगर – नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. शिवमाया तुम्बाहाङफेले हिंसाविरुद्ध अभियानको नेतृत्व अनेमसंघले लिने बताउनुभएको छ ।

बेलबारीमा शुक्रबार एमाले निकट महिला संगठन अनेमसंघको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै तुम्बाहाङफेले हिंसाविरोधी अभियान गाउँगाउँमा चलाउन अपिलसमेत गर्नुभयो ।

पूर्वमन्त्री तुम्बाहाङफेले एमालेले एक तिहाइ महिलालाई केन्द्रीय नेतृत्वमा पु¥याएर ऐतिहासिक सुरुवात गरेको बताउनुभयो ।

अधिवेशनले टिका भट्टराईको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।