काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसको भन्दैके पार्टी नेतृत्वको आलोचना गर्नुभयो ।
१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उहाँले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजतो आफ्नो महाधिवेशन हुन नसकेको बताउनुभयो ।
उहाँले पार्टीलाई सक्षम बनाउन तयारीका साथ जानुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो उहाँले देश गतिहीन र अवरुद्ध भएको भन्दै संसद चल्न नसकेको, सर्वोच्च अदालत अस्तव्यस्त भएको, सरकार गतिहीन भएको बताउनुभयो ।
देशमा आएको परिवर्तन अनुसार कांग्रस अघि बढ्यो कि बढेन भनेर आत्मसमीक्षा र आत्ममूल्यांकन र आत्मसमीक्षा गर्ने बेला भएको भन्दै यो अधिवशेनमा यसको समीक्षा गर्नुपर्ने बताउनुभयो ।
कांग्रेसको गौरवशाली इतिहास रहेको भन्दै उहाँले यतिवेला पार्टी बहुसंख्यक जनता पक्षमा हुनुपर्नेमा ३१ प्रतिशत भन्दा माथि समर्थन जुटाउन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
उहाँले निमुखा जनताले न्याय नपाएको भन्दै दलका पहुँच भएका सदस्यले मात्र न्याया पाएको भन्दै उनले अति दलबन्दीबाट देशलाई मुक्त गर्न जरुरी रहेको बताउनुभयो ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र संस्थागत गरी समयमै काम गर्न जरुरी रहेको उहाँको भनाइ छ । पार्टीमा नैतिक शक्तिको उत्थान गर्न जरुरी रहेको भन्दै उहाँले पार्टीलाई विकृतिको अखडाबाट मुक्त गर्न सकेमात्र लोकतन्त्र सार्थक हुने बताउनुभयो ।





प्रतिक्रिया