सुर्खेत – नेपाली कांग्रेस कालिकोट जिल्लाका कोषाध्यक्ष भानुभक्त सन्ज्याल माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । बिहीबार सुर्खेतमा एक कार्यक्रमकाबीच उहाँ माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
अबका दिनदेखि माओवादीमा सक्रिय रहेन सन्ज्यालले बताउनुभयो । ‘कांग्रेसले जनतालाई धोका दिएका कारणले म माओवादी केन्द्रमा प्रवेश गरेको हुँ’ उहाँले भन्नुभयो, ‘अब माओवादी केन्द्रबाहेक अन्य राजनीतिक दलले जनताको सेवा गर्दैनन्।’
लामो समय जिल्ला स्वास्थ कार्यालय कालिकोटमा काम गरेका सन्ज्याल २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरकारी जागिरबाट राजीनामा दिरर नेपाली कांग्रेसबाट कालिकोटको पचालझरना गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्नुभएको थियो। उहाँ माओवादी केन्द्रका उम्मेदवार खड्कराज सेजुवालसँग पराजित हुनुभएको थियो ।
सन्ज्याल भर्खरै सम्पन्न नेपाली कांग्रेस कालिकोट जिल्ला कोषाध्यक्ष तथा महाधिवेशन प्रतिनिधिसमेत हुन् ।







प्रतिक्रिया