अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : बन्दसत्र सुरु, पौडेलपक्ष आइपुगेन

कांग्रेस महाधिवेशन : बन्दसत्र सुरु, पौडेलपक्ष आइपुगेन


काठमाडौं – ने‍पाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ ।

शुक्रबार भृकुटीमण्डमा उद्घाटन सत्र सकिएसँगै बन्दसत्र सुरु भएको हो । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरी बन्दसत्र सुरु भएको हो । प्रधानमन्त्री एवं सभापति बन्दसत्र स्थलमा प्रवेश गर्नुभएको छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बन्दसत्रमा उपस्थित छैन ।

पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतलीस्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ । बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।