काठमाडौं -मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौले लैङिक हिंसा विरुद्ध को १६ दिने अभियानमा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा मेचीमहाकाली बुहारी संयुक्त आवाजको बागमती प्रदेश कार्यक्रम तथा काठमाडौं संंोजक अन्जिला श्रेष्ठ ,सचिव रेखा थापा कानुनी सल्लाहकार अधिवक्ता आचार्य तुलसिराम पोख्रेलको विशेष उपस्थित थियो । उक्त कार्यक्रममा पौराणिक काल देखि महिलामा भएका हिंसा सम्बन्धि छलफल भएकी थियो । अब देशमा के कस्ता कानुन आउनु पर्छ भन्ने विषयमा पनि बहस भएको छ।
मेचीमहाकाली बुहारी संयुक्त आवाज काठमाडौले नाराले मात्र हैन व्यवहारमा पनि लागू गर्नु पर्छ भन्ने कुरा लाई मध्य नजर गर्दै यो लैङ्गिक हिंसा बिरुद्दको अभियन चलेकै बेलामा १६ दिनमा विभिन्न स्थानमा १६ओटा नै कार्य गर्न सफल भएको छ । उक्त कार्यक्रममा महानायक राजेश हमाल गायक रामकृष्ण ढकाल लगायतका कलाकारहरुको विशेष उपस्थिती रहेको थियो ।
१६ दिनको अवधीमा प्रधानमन्त्री शेरबहादुर देउवा र महान्यायाधिवक्ता खम बहादुर खाती समक्ष ज्ञापन पत्र पनि बुझाएको छ। लिङ्गको आधारमा गरिएको विविधलाई समेटेर लघु नाटक पनि विभिन्न ठाउँमा मञ्चन गरेर मेची महाकाली बुहारी संयुक्त आवाज सडक देखि सदन सम्म पुगेर ज्वलन्त उदाहरण दिन सफलभएको छ।
प्रतिक्रिया