काठमाडौं- दशौं महाधिवेशनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार बिहान ११ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बस्न लागेको हो । एमालेको सचिवालयमा १९ जना पदाधिकारी रहने व्यवस्था छ ।
बैठकमा केन्द्रीय कमिटीमा लैजाने एजेण्डाको बारेमा प्रारम्भिक छलफल गर्ने तयारी छ । सचिवालय बैठक ११ बजे भएको केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजेलाई सारिएको नेम्वाङले जानकारी दिनुभयो ।







प्रतिक्रिया