भक्तपुर – नेकपा एमाले, दशौं राष्ट्रिय महाधिवेशनको निर्णय लेखन समितीले अध्यक्ष मण्डलका अध्यक्ष एवं नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई निर्णय पुस्तिका हस्तान्तरण गरेको छ ।
समितीका सदस्य एवं एमाले केन्द्रीय सदस्य सूर्य थापाका अनुसार निर्णय पुस्तिकामा बन्द सत्रमा प्रतिनिधीहरुले उठाएका बिषय,पारित प्रस्ताव र महाधिवेशनका सबै उम्मेद्वारहरुले पाएको मतसंख्या समावेश गरिएको छ । समितीका संयोजक पृथ्वी सुब्बा गुरूङ नेतृत्वको टोलीले आज बिहान बालकोटमा पुगेर अध्यक्ष ओलीलाई उक्त निर्णय पुस्तिका हस्तन्तरण गरेको हो । महाधिवेशनमा
गुरूङ संयोकत्वमा सूर्य थापा, विष्णु रिजाल, मनोजजंग थापा, ज्वालाकुमारी साह, ठाकुरप्रसाद गैरे र गोविन्दबहादुर नेपाली रहेको सात सदस्यीय समिती गठन गरिएको थियो ।







प्रतिक्रिया