अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालकोटमा एमाले सचिवालयको बैठक सुरु

बालकोटमा एमाले सचिवालयको बैठक सुरु


भक्तपुर -नेकपा एमालेको पहिलो सचिवालय बैठक बालकोटमा सुरु भएको छ ।

केहीबेर अघि सुरु भएको बैठकमा केन्द्रीय कमिटीमा लैजाने प्रस्तावहरुका बिषयमा थप छलफल गर्ने नेताहरुले बताएका छन् । दशौं महाधिवेशनबाट निर्वाचित पार्टी सचिवालयको पहिलो बैठकले केन्द्रीय कमिटीमा मनोनित हुने सदस्यहरुको नामावली,स्थायी र पोलिव्यूरो कमिटी बनाउने आधार तय गर्ने एक् पदाधिकारीले जानकारी दिनुभयो । सचिवालय बैठक सकिएपछि दिउसो १ बजे गठाघर स्थित जर्मन होम्समा केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । उक्त बैठकले केन्द्रीय सदस्यहरुको पनि कार्यविभाजन गर्ने जनाइएको छ । बैठक आज र भोली हुने एमाले केन्द्रीय कार्यलयले जनाएको छ ।।