काठमाडौं – नेपाली कांग्रेसको जुझारु नेतृ रमा पौड्यालले केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गर्नुभएको छ। पौड्यालले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पार्टीभित्र श्रमिकहरूको हकहितका लागि सशक्त आवाज उठाएर उनीहरूको प्रतिनिधित्व बढाई कांग्रेस पार्टीलाई श्रमिकमय बनाउन केन्द्रीय समितिमा पुगेपछि आफ्नो अहं रहने नेतृ पौड्यालले बताउनुभयो । महिलाहरूलाई पार्टी संगठनमा सशक्त बनाउन र केन्द्रीय समितिसम्म महिलाका आवाज पुर्याउन पौड्यालले केन्द्रीय सदस्यमा आफूलाई जिताउन अपिल गर्नुभएको छ ।
ट्रेड युनियन कांग्रेसको राजनीतिमा तीन दशकभन्दा बढी बिताउनुभएको पौड्याल वैकल्पिक कांग्रेस केन्द्रीय सदस्य पौडेल हुन् । पारिवारिक राजनीतिक विरासत बोकेकी समन्वयकारी नेतृ कांग्रेस नेता कार्यकर्तामाझ निकै लोकप्रिय हुनुहुन्छ ।





प्रतिक्रिया