भक्तपुर – नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । १५ वटा एजेण्डामा छलफल र निर्णय लिनका लागि जर्मन होम्स गठाघरमा बैठक सुरु भएको छ ।
आजको बैठकको तयारी स्वरुप बिहान ११ बजे देखि सचिवालयको बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी र पोलिटव्यूरो गठनको मापदण्ड गर्नेछ । यसैगरी १० प्रतिशत अर्थात ३१ जना केन्द्रीय सदस्यको मनोनय पनि आजै गर्ने कार्यसुची छ । मनोनित हुन दबाब दिनेहरुको ठूलो सुची भएकोले त्यसलाई सम्बोधन गर्न नेताहरुलाई हम्मे परेको छ । सचिवालयको बैठकले मनोनित हुन चाहनेहरुको नाम काँटछाँट गरेर केन्द्रीय कमिटीमा प्रष्तुत गर्ने नेताहरुले जनाएका छन् ।








प्रतिक्रिया