काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरु अधिवेशन बिना मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिनुभएको छ ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन नसक्ने बताउनुभएको हो । अध्यक्ष ओलीले तत्काल अधिवेशन गर्न हरेक जनसंगठनलाई निर्देशित गर्नुभएको छ ।
अध्यक्ष ओलीले भन्नुहुन्छ– ‘पार्टीका अधिकांश जनसंगठनहरु अधिवेशन बिनाको नेतृत्वबाट आएका छन् । त्यसकारण अब सबै संगठनले अधिवेशन गर्नुपर्छ । तर अबिलम्ब गर्ने भनेर आउने चुनावलाई असर पार्ने गरी होइन, पार्टीको मार्गदर्शनमा हुनुपर्छ ।’







प्रतिक्रिया