अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमलेन्द्र निधिद्वारा सभापतिमा उम्मेदवारी दर्ता

विमलेन्द्र निधिद्वारा सभापतिमा उम्मेदवारी दर्ता


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भन्नुभयो ।

निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उहाँले प्यानल नै खडा गरेका भने छैनन् ।