अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यविभाजन तयारीः उपाध्यक्षलाई अनुगमन, सचिवलाई विभाग, स्थायी कमिटी सदस्यलाई प्रदेश इन्चार्ज

एमाले कार्यविभाजन तयारीः उपाध्यक्षलाई अनुगमन, सचिवलाई विभाग, स्थायी कमिटी सदस्यलाई प्रदेश इन्चार्ज


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज ११ बजेबाट सुरु हुँदैछ ।

भक्तपुरको गठाघर स्थित जर्मन् होम्समा जारी बैठकमा आज केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्यूरो र स्थायी कमिटी गठनको कार्यसूची छ । उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार पदाधिकारी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि आजै हुनेछ । जस अनुसार उपाध्यक्षहरुको कार्य विभाजन,उपमहासचिव र सचिवहरुको कार्य विभाजन पनि आजै हुनेछ ।

उपाध्यक्षहरुलाई विभिन्न क्षेत्रको अनुगमनको जिम्मा दिने,सचिवहरुलाई पार्टी विभागको जिम्मा दिने,स्थायी कमिटी सदस्यहरु मध्येबाट प्रदेशका इन्चार्ज, पोलिटव्यूरो सदस्यहरुलाई सहइन्चार्ज बनाउने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए । यस्तै पोलिटव्यूरो सदस्य भएका जिल्लामा जिल्ला इन्चार्जको जिम्मेवारी पोलिटव्यूरोलाई र केन्द्रीय सदस्य मात्र भएका जिल्लामा केन्द्रीय सदस्यहरुलाई नै जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिने तयारी रहेको छ ।

ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका १५ एजेण्डा मध्ये हिजो नौ वटामा छलफल सकिएको छ । आज ६ वटामा छलफल भएर आजै बैठक सक्ने तयारी छ ।