अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैठक आज पनि, ईञ्चार्ज र विभागका लागि लबिइङ, मनोनीतको सूचीमा पनि गृहकार्य

एमाले बैठक आज पनि, ईञ्चार्ज र विभागका लागि लबिइङ, मनोनीतको सूचीमा पनि गृहकार्य


काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज पनि बस्दैछ ।

बिहान ११ बजेदेखि गठ्ठाघरस्थित जर्मन होम्स हस्पिटालिटीमा बस्ने बैठक सम्भवतः आज नै सकिनेछ । शनिबारदेखि सुरु भएको बैठकमा प्रदेश तथा जिल्ला ईञ्चार्ज, विभाग प्रमुख तथा मनोनीत केन्द्रीय सदस्यबारे निर्णय हुने बताइएको छ । अध्यक्ष, महासचिवसहितका शीर्ष नेताहरुसँग प्रदेश तथा जिल्ला ईञ्चार्ज, विभाग प्रमुख र मनोनीत सदस्यमा पर्न लबिइङ भइरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सन्तुलन मिलाएर अनुभवी, नयाँ र क्षमतावान् नेतालाई ल्याउने बताउनुभएको छ ।

शनिबारको बैठकले अमृतकुमार बोहोराको अध्यक्षतामा केन्द्रीय सल्लाहकार परिषद गठन गर्ने निर्णय गरेको थियो । आउने पुस २३ गते सबै जिल्लाका अधिवेशन र माघ ८ गते सबै प्रदेशका अधिवेशन गर्ने निर्णय गरेको छ । यसैगरी विधानमा सम्पादन र नियामवली बनाउन खगराज अधिकारी रमेश बडाल रहेको एक कार्यदल गठन गर्ने निर्णय गरेको थियो । यस्तै बैठक सञ्चालन सम्बन्धी कार्यविधी र सुझाव सहित पारित गरेको छ ।