अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महामन्त्रीमा चुनाव हारे काँग्रेसका कुनै कमिटीमा नबस्ने गगनको घोषणा

महामन्त्रीमा चुनाव हारे काँग्रेसका कुनै कमिटीमा नबस्ने गगनको घोषणा


काठमाडौं -नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा पुनः निर्वाचन हारे कांग्रेसको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएको छ ।

काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्नुभएका थापाले दोस्रो पटक पनि चुनाव हारे पार्टीको साधरण कार्यकर्ता भएर बस्ने घोषणा गर्नुभएको हो । थापा १३औं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेद्वार बनेर पराजीत हुनुभएको थियो । यसपटक सोही पदमा थापाले दोस्रो पटक उम्मेदवारी दिनुभएको हो ।

‘कि म नेपाली कांग्रेसको महामन्त्री हुन्छु, चार बर्ष पार्टी चलाउछु, त्यस्ले आगामी बाटो तय गर्छ, महामन्त्री हुन सकिने भने म नेपाली कांग्रेसको साधरण कार्यकर्ता मात्रै भएर बस्छु किन भने मैले यो भन्दा अगाडिको यात्राका लागि योग्य रहेनछु भन्ने बुझ्नु पर्छ,’ थापाले भन्नुभयो, ‘त्यसैले कि म महामन्त्री हुन्छ, कि साधरण सदस्य मात्रै भएर बस्छु, यो भन्दा अर्को बिकल्प छैन ।’

महामन्त्रीमा थापासँगै डा. मिनेन्द्र रिजाल, बिश्वप्रकाश कर्मा, प्रदीप पौडेल, डा।प्रकाश शरण महत र डा. राजाराम कार्की उम्मेदवार हुनुहुन्छ ।