काठमाडौं– झापा चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं एमालेको केन्द्रीय सदस्य मनोनयन प्रस्ताव गरिएको छ ।
भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रसाईंसहित ४४ भन्दा बढीको नाम प्रस्ताव गर्नुभएको छ । प्रस्तावबारे छलफल भइरहेको छ ।
झापाको बिर्तामोडमा वि एण्ड सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गरिरहेका प्रसाईं केही समययता एमालेको राजनीतिमा सक्रिय हुनुहुन्छ । प्रसाईं असोजमा भएको विधान अधिवेशन र चितवनमा भएको दशौं महाधिवेशनमा प्रतिनिधि हुनुहुन्थ्यो ।
माओवादी पृष्ठभूमिका प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक भिजनलाई सघाउने भन्दै एमाले प्रवेश गर्नुभएको हो । उहाँको पहलमा झापा र धनकुटामा हजारौं माओवादी कार्यकर्ताहरु एमालेमा प्रवेश गराइएको थियो ।
प्रसाईंले माओवादीका पूर्व लडाकुहरुको ठूलो संख्या एमालेमा प्रवेश गराउने तयारी गर्नुभएको छ । केन्द्रीय सदस्य मनोनयन गरेपछि एमालेले पूर्व माओवादीका असन्तुष्ट समुहको पहिचान गर्ने र तिनीहरुलाई एमाले प्रवेश गराउन सम्पर्क सुत्रको रुपमा काम गर्ने जिम्मेवारी दिने तयारी गरेको छ ।







प्रतिक्रिया