अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता

सभापति, सहमहामन्त्रीसहित ६० जनाले गरे उम्मेदवारी फिर्ता


काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले उम्मेदवारी फिर्ता लिने समय सकिएको छ। थप गरिएको समय दिउँसो १ बजेसम्म पदाधिकारीसहित ६० जनाले मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ।

१३४ केन्द्रीय कमिटीका लागि शनिबार भएको मनोनयन दर्ताका क्रममा ५४८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये आइतबार दिउँसो सभापतिका प्रत्यासी युवराज न्यौपाने, सहमहामन्त्रीका प्रत्यासी (थारुतर्फ) सुरेन्द्रप्रसाद चौधरीले मनोनयन फिर्ता लिएका छन् ।

चौधरीले संस्थापन पक्षबाट उम्मेदवारी दिनुभएको थियो । तर, संस्थापनको प्यानलमा बाराका उमाकान्त चौधरीले मनोनयन दर्ता गरेकाले सभापति शेरबहादुर देउवाको आग्रहमा सुरेन्द्रले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो । उमाकान्त कृष्णप्रसाद सिटौला पक्षबाट सहमहामन्त्रीको उम्मेदवार बन्नुभएको हो ।

पदाधिकारीबाहेक ५८ जना केन्द्रीय सदस्यका प्रत्यासीले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेसमा खुला, आरक्षित, महिला, दलित, मुसलमान, पिछडिएको क्लस्टरतर्फका ५८ केन्द्रीय सदस्यका उम्मेदवारले मनोनयन फिर्ता लिएका हुन् ।