अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो साम्राज्यवादको विकसित रूप हो : अध्यक्ष प्रचण्ड

यो साम्राज्यवादको विकसित रूप हो : अध्यक्ष प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औद्योगिक क्षेत्रमा लगाउनु पर्ने पुँजीको लगानी बजारमा हुनु साम्राज्यवादको विकसित रूप भएको बताउनुभएको छ ।

माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु साम्राज्यवादको विकसित रूप भएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको भन्दै यसलाई निस्तेज गर्ने गरी पुँजी बजारको विषममा पार्टीको दस्तावेजमा नै समावेश गराउने योजना सुनाउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपाल लगायत विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आइएमएफ, विश्व बैंक र एसियाली बैंकमा हुने गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्ड भन्नुहुन्छ- ‘पुँजीको लगानी पुँजीमा हुनु साम्राज्यवादको विकसित हुनु हो । उद्योग र उत्पादन क्षेत्रमा पुँजीको लगानी नहुनु नै वित्तीय पुँजीवादको विशेषता भएको छ । हिजोआज धितोपत्र बोर्ड, आइएमएफ, विश्व बैंक, एसियाली बैंक लगायतमा लगानी हुन्छ । हामीले यी बैंकले पैसा जम्मा गरेर लगानी गर्दछन् भन्ने गरेका छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तर, त्यस्तो हुँदै होइन । त्यसरी शेयर बजारमा लगानी गर्नु साम्राज्यवादका विकसित रुप हो ।’

अध्यक्ष प्रचण्डले विश्वभर नै यो क्षेत्रमा पुँजी लगानी बढ्दै गएकाले यसको अध्ययन अनुसन्धान र विश्वलेशण गर्नु जरूरी भएको बताउनुभयो ।