अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ : शेखर कोइराला

रामचन्द्र र शशांकको आशीर्वाद हामीलाई छ : शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाले आफूहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेर र शशांक कोइरालाको आशीर्वाद रहेको बताउनुभएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि सभापति छाडेको भए पनि सहमति जुट्न नसकेका कारण पुन सभापति उठेको दाबी गर्दै उहाँको आशीर्वाद आफूहरुलाई रहेको बताउनुभयो । उहाँले पौडेल कांग्रेसको सम्मानित नेता रहेको बताउनुभयो ।

‘रामचन्द्र पौडेल हाम्रो वरिष्ठ नेता हुनुहन्छ, शशांक कोइराला महामन्त्री हुनुहुन्छ’, कोइरालाले भन्नुभयो, ‘उहाँहरुको आशीर्वाद हामीले प्राप्त गरेका छौँ । हामीले भेटेका पनि छौँ । सबै टीमलाई उहाँहरुको आशीर्वाद छ ।’

उनले आफूले जिते सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।