काठमाडौं -नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले आफ्ना बुवाले सभापति पदका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको भन्ने कुरा एकदमै झुटो भएको बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार स्रोतले आफ्नै चिन्तनको भनाइ भनेर सञ्चारमाध्यमलाई दिएको जानकारी गलत भएको भन्दै आपत्ति जनाउनुभएको छ ।
‘मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनेँ भनेर लेखिएको कुरा भ्रमात्मक हो। यो महाधिवेशनमा बुबा बिलकुलै निष्पक्ष र तटस्थ रहनुभएको छ’, भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको मतदान सुरु हुँदै गर्दा सोमबार बिहानै उनले भनेका छन्, ‘त्यसैले मलाई कोट गरेर भनिएको कुरा गलत हो। यस्ता गलत प्रचार नगर्न अनुरोध गर्दछु।’
यसअघि आजै बिहान बालुवाटार स्रोतले रामचन्द्रका छोरा चिन्तनले नै भनेको भनेर पौडेलले देउवालाई समर्थन गरेको दाबी गरेको थियो।
आफ्नो ९संस्थापन इतर० समूहले आफूलाई सभापति पदको सर्वसम्मत उम्मेदवार नबनाएपछि पौडेल जारी महाधिवेशनमा कुनै पदमा उम्मेदवारी नदिई प्रतिस्पर्धाबाटै अलग भएर बसेका छन्।







प्रतिक्रिया