काठमाडौं – ‘म्यान अफ द इलेक्सन’ घोषित एमाले केन्द्रिय सदस्य राजेन्द्र राई एमाले धनकुटाको इन्चार्ज चयन हुनु भएको छ।
धनकुटामा स्थानीय, प्रदेश र संघीय चुनावमा सबै सिट दिलाएर चर्चामा आउनु भएका राई एमालेको १०औं महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनभएको थियो। एमालेको हिजो सम्पन्न केन्द्रिय समितिको बैठकले राईलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।
२०७४ मा धनकुटा यस्तो जिल्ला बन्यो, जुन जिल्लामा एमाले बाहेक अन्य सबै पार्टी मिल्दा पनि कुनै स्थानीय तह जित्न सकेनन् । अर्थात धनकुटामा एमालेले राजेन्द्र राईको नेतृत्वमा क्लिन स्वीप गर्यो । एमालेले क्लिन स्वीप गरेको एउटैमात्र जिल्ला धनकुटा हो।
राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले नै ‘म्यान अफ द इलेक्सन’को उपाधि दिनुभएको थियो ।२०६६ सालमा एमाले धनकुटाको अध्यक्ष निर्वाचित हुनुभएका राई लगातार दुईपटक जिल्लाको नेतृत्व गरिरहनुभएको छ ।
त्यसैगरि केन्द्रिय सदस्यहरु सकुन्तला बस्नेत र बिना राईलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ। सविधानसभा सदस्य टीकाराम चेम्जोङलाई एमालेको प्रदेश १ को प्रदेश कमिटी उपाध्यक्ष बनाइएको छ।






प्रतिक्रिया