ललितपुर -नेकपा एमालेका महासचिव शंकर पोखरेलले महिला नेतृहरुलाई टोलटोलमा गएर संगठन बिस्तार गर्न निर्देशन दिनुभएको छ ।
अखिल नेपाल महिला संघले आयोजना गरेको महिला केन्द्रीय सदस्यहरुको सम्मान तथा बधाइ कार्यक्रममा बोल्दै पोखरेलले संगठन बिस्तार नभएसम्म काम गरेको परिणाम नदेखिने स्पष्ट पार्नुभएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना भएको कार्यक्रममा पोखरेलले आगामी बैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकोले त्यस भन्दा अघि नै सबै जनवर्गीय संगठनका कमिटीहरु चुस्त बनाउनु परेकोले फागुनसम्ममा अधिवेशन र महाधिवेशन सक्न निर्देशन दिनुभएको छ ।
पोखरेलले महिलाहरुलाई विकास निर्माणका काम पनि सरिक हुन,जनतासँग भिज्न,जनताका गुनासा सुन्न र त्यसको सम्बोधन गर्न पनि निर्देशन दिनुभएको छ ।







प्रतिक्रिया