अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवालाई मतदान गर्न झन्डै एक घन्टा लाग्यो

प्रधानमन्त्री देउवालाई मतदान गर्न झन्डै एक घन्टा लाग्यो


काठमाडौं – प्रधानमन्त्री एक कांग्रेस सभापति शेरबहादुर देउवा मतदान गरेर निस्किनु भएको छ । उहाँले आज मध्याह्न १२ बजे मतदानका लागि राष्ट्रिय सभा गृह प्रवेश गर्नुभएको थियो ।

मतपत्र लिएर बुथ भित्र छिरेका देउवा झन्डै एक घन्टापछि अर्थात् पौने १ बजे बाहिर निस्केनुभएको थियो। उहाँलाई मत हाल्न पौने घन्टा लागेको थियो ।

नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ । मतदातालाई आधा घन्टादेखि झन्डै एक घन्टा मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।