काठमाडौं – प्रहरीले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नारा लगाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा मतदान गरेर फर्किँदै गर्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर केहीबेरमा नै उनलाई छाडेको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन गर्न सोमबार भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था गरिएको छ ।





प्रतिक्रिया