अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लौरोको सहारामा मतदान

लौरोको सहारामा मतदान


काठमाडौं – नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन्।

मतदानमा अपांगता भएका प्रतिनिधि पनि सहभागी भएका छन् । उनीहरू लामबद्ध नभई मतदानको व्यवस्था गरिएको अपांगता रहेका दैलेखबाट आएका प्रतिनिधि गणेश बोगटीले बताउनुभयो ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाएर सरकार बनाउने र उक्त सरकारबाट देश निर्माण गर्ने नेतृत्व छान्नुपर्ने उहाँको भनाइ छ । आफूले पनि सोही विचार गरेर मतदान गरेको बताएका उहाँले मतदान गर्न ५० मिनेट लागेको जानकारी दिनुभयो ।

सुन्धराबाट ट्याक्सी चढेर मतदान गर्न आएका उनले मतदानमा कुनै गाह्रो र समस्या नपरेको बताउनुभयो।