अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ का एमाले ईन्चार्जः अनुभवीदेखि नयाँ अनुहारसम्म (सूचीसहित)

प्रदेश १ का एमाले ईन्चार्जः अनुभवीदेखि नयाँ अनुहारसम्म (सूचीसहित)


विराटनगर – नेकपा एमालेले प्रदेश नं १ का १४ वटै जिल्लामा १४ जना नेतालाई इन्चार्ज तोकेको छ। जसमा स्थायी कमिटी सदस्यहरु देखि हिजो मात्र मनोनित भएका केन्द्रीय सदस्यहरु पनि छन्।

प्रदेश इन्चार्ज देवराज घिमिरेका अनुसार ताप्लेजुङ इन्चार्जमा तिलकुमार मेन्याङवोलाई जिम्मेवारी दिइएको छ। मेन्याङवो पूर्व सांसद एवं पार्टीको पोलिटव्यूरो सदस्य हुनुहुन्छ । पाँचथरमा वसन्त नेम्वाङलाई इन्चार्ज बनाइएको छ । पूर्वमन्त्री नेम्वाङ एमालेमा स्वच्छ छविका नेताको रुपमा चिनिनुहुन्छ। इलाममा राम रानाले जिम्मेवारी पाउनुभएको छ। झापामा अग्नि खरेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ। स्थायी कमिटी सदस्य खरेल पूर्व मन्त्री एवं महान्याधिवक्ता हुनुहुन्छ।

मोरङमा विनोद ढकालले इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । ढकाल पनि हिजोबाट पोलिटव्यूरो सदस्य हुनुभएको छ । सुनसरी जगदिस कुसियत हुनुहुन्छ । कुसियत प्रदेश १ का पूर्वमन्त्री हुनुहुन्छ।

धनकुटा राजेन्द्र राई इन्चार्ज हुनुभएको छ। २०७४ सालको निर्वाचनमा धनकुटाका सबै स्थानीय तहमा विजयी भएपछि अध्यक्ष ओलीले राईले म्यान अफ दि इलेक्सनको उपाधि दिनुभएको थियो। तेह्रथुम बिष्णुमाया विकलाई जिम्मेवारी दिइएको छ।

संखुवासभामा राजेन्द्र गौतमले जिम्मेवारी पाउनुभएको छ । स्थायी कमिटी सदस्य गौतम प्रदेश १ को सहइन्चार्ज पनि हुनुहुन्छ।

भोजपुरमा हरिबहादुर राईलाई इन्चार्जको जिम्मेवारी दिइएको छ।

खोटाङमा विशाल भट्टराईले इन्चार्जको जिम्मेवारी पाउनुभएको छ । उहाँलाई हिजो केन्द्रीय सदस्य मनोनयन गरेर हिजै पोलिटव्यूरो सदस्य बनाइएको छ।

ओखलढुंगामा किशोर अधिकारी, सोलुखुम्बूमा मानबीर राई, उदयपुरमा मञ्जु चौधरीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । चौधरी सहरी विकास मन्त्रालयको पूर्व राज्यमन्त्री हुनुहुन्छ ।