अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा देशैभर एमालेको जित सुनिश्चित छ : डा. भीम रावल

आगामी निर्वाचनमा देशैभर एमालेको जित सुनिश्चित छ : डा. भीम रावल


अछाम – नेकपा एमालेका नेता डा. भीम रावलले आगामी निर्वाचनमा देशैभर नेकपा एमालेले जित्ने दाबी गर्नुभएको छ। गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता रावल भन्नुहुन्छ- ‘आगामी निर्वाचनमा फेरि पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उहाँले भन्नुभयो, ‘हामीले पार्टीसँगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’

महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उहाँले बताउनुभयो । उहाँले आफूले पार्टी मिलाउनका लागि १० बुँदे सहमतिको खाका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताउनुभयो । तर, शिर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको उहाँले बताउनुभयो । रावलले आगामी दिनहरुमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिवद्धता गर्नुभयो ।