अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन : कांग्रेसले प्रेस स्वतन्त्रतामाथि ज्यादती गरेको महासंघको ठहर

कांग्रेस महाधिवेशन : कांग्रेसले प्रेस स्वतन्त्रतामाथि ज्यादती गरेको महासंघको ठहर


काठमाडौं – नेपाली कांग्रेस १४औं महाधिवेशनको समाचार संलकन गर्न गएका पत्रकारहरुमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

मतदानको फोटो खिच्न गएका पत्रकाहरुलाई प्रहरी र निर्वाचन समिति सदस्यहरुले भित्र जान नदिइ दुर्व्यवहार गरेको घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।

नेपाली कांग्रेसले प्रेस स्वतन्त्रतामाथि ज्यादती गरेको महासंघको ठहर रहेको छ । समाचार संलकनका लागि सहज बनाइ दिनु पर्नेमा उल्टै दुर्व्यवहार गरेको महासंघले जनाएको छ ।