अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छनाविन गर्न समिति बनाउनुहोस् : कमल थापा

पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छनाविन गर्न समिति बनाउनुहोस् : कमल थापा


काठमाडौं – राप्रपा पूर्व अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको रिमोट कन्ट्रोलबाट बचाउने सुनिश्चित गर्न नेतृत्वसँग माग गर्नुभएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेख्दै थापाले राजसंस्थाद्वारा पार्टीको महाधिवेशनमा हस्तक्षेप गरिएको आरोपसहित छानविन माग गर्नुभएको हो ।

‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपबारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउनुहोस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाकाबारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा पार्टीभित्र बहस सुरू गर्नुहोस् । यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ,’ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।