विराटनगर – सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन दुई दिनका लागि स्थगित भएको छ ।
नेतृत्वमा सहमति हुन नसक्दा अधिवेशन स्थगित भएको हो । तीन दिन बित्दासमेत पदाधिकारी चयन गर्न नसकेको प्रदेश अधिवेशन केन्द्रको निर्णय पर्खनका लागि दुई दिन स्थगित गरेको हो । अध्यक्षमा सहमति हुन नसकेपछि स्थगित गरीएको एक नेताले बताउनुभयो ।
प्रदेश १ मा तीनजना अध्यक्षको दौडमा रहेका छन् । सुरेशकुमार राई (हिमाल), प्रदेश-१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षका लागि मैदानमा छन् । राई वर्तमान अध्यक्ष हुन् भने भण्डारी सचिव हुन् । आङवो भने प्रदेशको जिम्मेवारीमा छैनन्।
नयाँ नेतृत्वका लागि २५९ सदस्यीय कमिटी भने बनिसकेको छ । सोही कमिटीबाट पदाधिकारी छनोट गर्नु पर्ने भएपनि सहमति नुजुटेपछि दुई दिनका लागि स्थगित गरीएको नेकपा माओवादी प्रदेश कमिटिले जनाएको छ ।
शनिबार सुरु भएको प्रदेश सम्मेलनले आइतबार नेतृत्व चयन गर्ने कार्यतालिका रहेपनि पनि अध्यक्षका आकांक्षीबीच कुरा नमिलेपछि स्थगित भएको हो । गएराति अबेरसम्म सहमतिका लागि छलफल हुँदासमेत तीनै जनाले आ–आफनो अडान नछाडेपछि समस्या परेको बताइएको छ ।
उमेदवारहरु चुनावी प्रकृयामा गएपछि माथिल्ला कमिटीमा जान नपाउने पाटीको विधान भएकाले सहमतिका लागि जोड बल भइरहेको माओवादीका नेताहरु बताउँछन् ।
बुधबार सम्ममा सर्वसम्मतनै नेतृत्व चयन गरिने माओवादीका नेता नवराज चागाईंको दाबी रहेको छ ।







प्रतिक्रिया